वि.सं. २०७४ साल फागुन २५ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च ९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– अष्टमी, ३१:२२ बजेउप्रान्त अष्टमी। नक्षत्र– ज्येष्ठा, २८:५६ बजेउप्रान्त मूल। योग– वज्र, १९:३५ बजेउप्रान्त सिद्धि। करण– वालव, १८:२७ बजेदेखि कौलव, ३१:२२ बजेउप्रान्त कौलव। आनन्दादिमा चर योग। चन्द्रराशि– वृश्चिक, ४:५६ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान २९ घडी २४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। शीतलाष्टमी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा खरावी आउनेछ । कार्य सम्पादनमा समस्या आउला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रामा मालसामान हराउन सक्छ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङन हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आत्मिक सन्तुस्टि मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । आत्मिक सन्तुस्टि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । - ज्यो.प. नारायण प्रसाद दुलाल