वि.सं. २०७४ साल फागुन २४ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च ८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी, २९:३८ बजेउप्रान्त अष्टमी। नक्षत्र– अनुराधा, २६:४३ बजेउप्रान्त ज्येष्ठा। योग– हर्षण, १९:२७ बजेउप्रान्त वज्र। करण– भद्रा, १६:५५ बजेदेखि वव, २९:३८ बजेउप्रान्त वालव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १८:०८ बजे र दिनमान २९ घडी २० पला। नारी दिवस।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो विचार विपरित निर्णय हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोचेको र आँटेको काममा फाइदा मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लेनदेनमा विवाद बढ्न सक्छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । पैतृकसम्पत्तिमा विवाद आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बौद्धिक काममा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आलस्य र थकानको अनुभूति हुनेछ । गरेका कामहरु अधुरै रहलान् । साँझमा पैशा खर्च हुने योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलीको प्रभाव पनि बढ्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । शिक्षामा सफलता मिल्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको योग रहेको छ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । नयाँ कार्यको थालनी हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक कार्य अघी बढ्नेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । बैदेशिक यात्राको योग छ । - ज्यो.प. नारायणप्रसाद दुलाल