वि.सं. २०७४ साल फागुन २३ गते। बुधबार। इश्वी सन् २०१८ मार्च ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– षष्ठी, २८:१८ बजेउप्रान्त सप्तमी। नक्षत्र– विशाखा, २४:५४ बजेउप्रान्त अनुराधा। योग– व्याघात, १९:३९ बजेउप्रान्त हर्षण। करण– गर, १५:४९ बजेदेखि वणिज, २८:१८ बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि– तुला, १८:३१ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:२५ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान २९ घडी १६ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिकोसहयोग पाईनछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । स्वादिष्ट भोजन पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको सहयोग प्राप्त हुनेछ । वाहान लाभ हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यमा अवरोध आउला । व्यवसायमा मन्दी आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पठनपाठनमा प्रगती हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । मुद्दा मामिला आइलाग्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल