वि.सं. २०७४ साल फागुन २२ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च ६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, २७:२६ बजेउप्रान्त षष्ठी। नक्षत्र– स्वाती, २३:३३ बजेउप्रान्त विशाखा। योग– ध्रुव, २०:१४ बजेउप्रान्त व्याघात। करण– कौलव, १५:१२ बजेदेखि तैतिल, २७:२६ बजेउप्रान्त गर। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान २९ घडी १२ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । आफन्तको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ व्यक्तिसंग भेट, वस्त्र लाभ हुनेछ । राजनीति चर्चा रहनेछ । वाहान सुख मिल्ने योगछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । साँझमा पैशा खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । व्यापार व्यवसायमा प्रगति होला । कला र गलाको प्रभाव बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिताएको कामले तीव्रता लिनेछ । धर्र्म तथा समाजसेवामा मन लाग्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक समस्या आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक क्षेत्रमा सङ्कट छाउला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । घर व्यवहारमा झमेला आउला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँंगर र हिम्मत बढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक धन खर्च हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल