वि.सं. २०७४ साल फागुन २१ गते। सोमबार। इश्वी सन् २०१८ मार्च ५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, २७:०५ बजेउप्रान्त पञ्चमी। नक्षत्र– चित्रा, २२:४१ बजेउप्रान्त स्वाती। योग– वृद्धि, २१:१३ बजेउप्रान्त ध्रुव। करण– वव, १५:०६ बजेदेखि वालव, २७:०५ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कन्या, १०:२७ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:२७ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान २९ घडी ०८ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालनी हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारमा झै–झमेलाको अवस्था आउला । नाक तथा घाँटीमा समस्या आउला । सहकर्मी बाट विरोध आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पार्टी पिकनिक वा सेमिनारमा सहभागी भईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) डुबेको धन उकास्न दौडधूप गर्नुपर्नेछ । उल्झनमा परि अँटेको काम विग्रएला । मुद्दा मामिला आइलाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । सामाजिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ । सरकारी निकाएको भय रहला । स्वास्थ्यमा समस्या आउला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शिक्षामा सफलता पाईनेछ । महिला वर्ग बाट सहयोग पाइएला । अरुको मन जित्न सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चिट्ठा, वा लटरी बाट आय हुने सम्भावना छ । चिताएको कामले तीव्रता लिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्ममा मन लाग्नेछ । नयाँ कामको अवसर मिल्नेछ । नजिकको व्यक्तिवाट सहयोग पाइएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । आँटेकोे र ताकेको कार्य पुरा होला । रोकिएको धन हात पर्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । सफल यात्राको योग छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । साहशिकता बाट धनार्जन होला । मित्र संग मीठो भेट होला । - ज्यो.प. नारायणप्रसाद दुलाल