वि.सं. २०७४ साल फागुन १९ गते। शनिबार। इश्वी सन् २०१८ मार्च ३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वितीया, २७:५४ बजेउप्रान्त तृतीया। नक्षत्र– उत्तरफाल्गुनी, २२:२६ बजेउप्रान्त हस्त। योग– शूल, २४:२१ बजेउप्रान्त गण्ड। करण– तैतिल, १६:२४ बजेदेखि गर, २७:५४ बजेउप्रान्त वणिज। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान २८ घडी ५९ पला। त्रिपुष्कर योग २२:२६ बजेसम्म।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु बान्धव बाट विशेषसहयोग मिल्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । भूमि लाभ रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । तिर्थाटनको योगछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बौद्धिकताको विकास हुनेछ ।राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिश्रम गर्दा धनार्जन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल