वि.सं. २०७४ साल फागुन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च २ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– प्रतिपदा, २९:०० बजेउप्रान्त द्वितीया। नक्षत्र– पूर्वफाल्गुनी, २२:५८ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– धृति, २६:२७ बजेउप्रान्त शूल। करण– वालव, १७:४२ बजेदेखि कौलव, २९:०० बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह, २८:४८ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:३० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ५५ पला। तराईमा होलीपर्व।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) श्रमको उचित मुल्याकंन हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य क्षेत्रमा प्रगती हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । शुभ समाचार पाइएला । मान प्रतिष्ठा पाइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्राको योग रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बिश्वास गरेकाले साथ दिनेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकता बाट धनार्जन होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर व्यवहारमा फितलो आउन सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । - ज्यो.प. नारायणप्रसाद दुलाल