वि.सं. २०७४ साल फागुन १७ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च १ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्दशी, ८:१९ बजेदेखि पूर्णिमा, ३०:२९ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– मघा, २३:५३ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– अतिगण्ड, ७:३२ बजेदेखि सुकर्मा, २८:५२ बजेउप्रान्त धृति। करण– वणिज, ८:१९ बजेदेखि भद्रा, १९:२२ बजेपछि वव, ३०:३२ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान २८ घडी ५१ पला। पूर्णिमा व्रत। मन्वादि। फागु पूर्णिमा। रात्रि चीरदाह गर्ने। पहाडी जिल्लामा होलीपर्व।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुटाउने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको अवसर मिलनेछ । चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कामको प्रस्ताब आउला । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिश्वास गरेकाले साथ दिनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीको प्रभाब बढ्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल