काठमाण्डौ  / नेपाली काङ्ग्रेसका ८ नंं. वडा सदस्यको साथबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथवाट बिस्फोटक पदार्थ बरामद गरिएको हो । उनी नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य हुन् ।

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए । श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।