वि.सं. २०७४ साल फागुन १४ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी २६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– एकादशी, १५:०० बजेउप्रान्त द्वादशी। नक्षत्र– पुनर्वशु, २८:०७ बजेउप्रान्त तिष्य। योग– आयुष्मान्, १६:३३ बजेउप्रान्त सौभाग्य। करण– भद्रा, १५:०० बजेदेखि वव, २५:४९ बजेउप्रान्त वालव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मिथुन, २२:३२ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:३४ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ३९ पला। आमलकी एकादशी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पठनपाठनमा प्रगती हुनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमको उचित मुल्याङ्कन हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक यात्राको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुविचारमा मन जानेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । राजनैतिक कार्यमा बाधा आउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । चोटपटक लाग्न सक्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बित्तिय संस्था बाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साना तिना समस्यामा अल्झिनुपर्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । अविश्वाश उत्पन्न हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल