वि.सं. २०७४ साल फागुन १३ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी २५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– दशमी, १७:२४ बजेउप्रान्त एकादशी। नक्षत्र– मृगशिरा, ७:२७ बजेदेखि आर्द्रा, २९:४८ बजेउप्रान्त पुनर्वशु। योग– प्रीति, १९:४२ बजेउप्रान्त आयुष्मान्। करण– गर, १७:२४ बजेदेखि वणिज, २८:१२ बजेउप्रान्त भद्रा। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ३५ पला।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । बैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शिक्षामा सफलता मिल्ला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरु अधुरै रहलान् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीति अधिकारमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगानीको वातावरण बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कूटनीतिक नियोगको सहयोग मिल्ला । बैदेशिक यात्राको योग छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक धन खर्च हुनेछ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । मनमा सङ्का उत्पन्न हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल