वि.सं. २०७४ साल फागुन ११ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी २३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– अष्टमी, २१:५४ बजेउप्रान्त नवमी। नक्षत्र– कृत्तिका, १०:२३ बजेउप्रान्त रोहिणी। योग– वैधृति, २५:४७ बजेउप्रान्त विष्कम्भ। करण– भद्रा, १०:५४ बजेदेखि वव, २१:५४ बजेउप्रान्त वालव। आनन्दादिमा छत्र योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २७ पला। अष्टमी व्रत। गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस (चीरस्वाय)।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजन पाईनेछ । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । आँटेको कार्य पुरा हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घरायसी झमेलामा परिएला । सामान हराउने वा चोरी हुने भयछ । बैदेशिक क्षेत्र कमजोर रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको योजना बन्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पार्टनरमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ समाचार सुन्न पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । आय आर्जनमा सुधार आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको योग रहेको छ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ कार्यको थालनी हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योगछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेममा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको मन जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । पदोन्नतीको सम्भावना प्रवलछ - ज्यो.प. नारायणप्रसाद दुलाल