अाजको पञ्चाङ्ग

वि.सं. २०७४ साल फागुन १० गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी २२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– सप्तमी, २३:५१ बजेउप्रान्त अष्टमी। नक्षत्र– भरणी, ११:३० बजेउप्रान्त कृत्तिका। योग– ब्रह्म, ७:१३ बजेदेखि ऐन्द्र, २८:३७ बजेउप्रान्त वैधृति। करण– गर, १२:४४ बजेदेखि वणिज, २३:५१ बजेउप्रान्त भद्रा। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मेष, १७:१५ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २३ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिश्वास गरेकाले साथ दिनेछन् । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मान सम्मान पइनाले मन प्रशन्न रहला । प्रेमीको सहयोग प्राप्त हुनेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । साँझमा पैशा खर्च हुने योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बाहन सुख मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मी बाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । स्वास्थ्यमा सुधार आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल