अाजको पञ्चाङ्ग

वि.सं. २०७४ साल फागुन ९ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी २१ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– षष्ठी, २५:३१ बजेउप्रान्त सप्तमी। नक्षत्र– अश्विनी, १२:१८ बजेउप्रान्त भरणी। योग– शुक्ल, ९:३३ बजेउप्रान्त ब्रह्म। करण– कौलव, १४:१३ बजेदेखि तैतिल, २५:३१ बजेउप्रान्त गर। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी १९ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेकोे र ताकेको कार्य पुरा होला । घरमा अतिथीको आगमन हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वर्ग बाट सहयोग पाइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिवाद एवं चिन्ता बढ्नेछ । पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकको व्यक्तिवाट सहयोग पाइएला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आकस्मिक धन लाभ हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक क्षेत्रमा सङ्कट आउला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । होस पुर्याएर कार्य गर्नु होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ व्यक्तिसंग भेट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कामको अवसर मिल्नेछ । रोकिएको धन हात पर्ला । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्यम खाले दिन छ । - ज्यो.प. नारायणप्रसाद दुलाल