वि.सं. २०७४ साल फागुन ७ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी १९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– चतुर्थी, २७:४३ बजेउप्रान्त पञ्चमी। नक्षत्र– उत्तरभाद्रपदा, १२:४१ बजेउप्रान्त रेवती। योग– साध्य, १३:१३ बजेउप्रान्त शुभ। करण– वणिज, १५:५९ बजेदेखि भद्रा, २७:४३ बजेउप्रान्त वव। आनन्दादिमा गद योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी ११ पला। पञ्चक। राष्ट्रिय प्रजातन्त्र दिवस

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा वाधा आउनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मनलाग्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाहान सुख मिल्नेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । धार्मिक यात्राको योगछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दैनिक कार्यमा प्रगती हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्य वा रोजगार पाईनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुटाउने समय छ । मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य क्षेत्रमा प्रगती हुनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । प्रेम र मित्रताको बन्धन कसिनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मित्र बाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल