वि.सं. २०७४ साल फागुन ६ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी १८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, २८:०७ बजेउप्रान्त चतुर्थी। नक्षत्र– पूर्वभाद्रपदा, १२:१० बजेउप्रान्त उत्तरभाद्रपदा। योग– सिद्ध, १४:२९ बजेउप्रान्त साध्य। करण– तैतिल, १६:०८ बजेदेखि गर, २८:०७ बजेउप्रान्त वणिज। आनन्दादिमा चर योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ०७ पला। पञ्चक। सर्वार्थसिद्धियोग १२:१० बजेदेखि। मीन राशिमा सायन सूर्य १७:४१ बजे प्रवेश।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा समस्या आउनेछ । सहकर्मी बाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी काममा उल्झन आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि बाट लाभ रहला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल