वि.सं. २०७४ साल फागुन ५ गते। शनिबार। इश्वी सन् २०१८ फेब्रुवरी १७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– द्वितीया, २८:०२ बजेउप्रान्त तृतीया। नक्षत्र– शतभिषा, ११:०८ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शिव, १५:२२ बजेउप्रान्त सिद्ध। करण– वालव, १५:४७ बजेदेखि कौलव, २८:०२ बजेउप्रान्त तैतिल। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– कुम्भ, २९:५७ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी ०४ पला। पञ्चक।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ला । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवारमा झै–झमेलाको अवस्था आउनेछ । फलदायी यात्रा नहोला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमाइलो यात्राको योग रहेको छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मुद्धा मामिलामा विजयी पाप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । चुनौतीको सामना गर्नुपर्ला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ कार्यको योजना बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अधुरो काम पूरा हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएको धन हात पर्नेेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर परिवारको समस्याले सताउनेछ । मनमा दुविधा उत्पन्न होला । दिनको उत्तरार्ध सुखद रहनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । वस्त्र लाभ हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा मालसामान हराउन सक्छ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सरकारी निकाएको भय रहला । - ज्यो.प. नारायणप्रसाद दुलाल