वि.सं. २०७४ साल फागुन ४ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी १६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– प्रतिपदा, २७:२५ बजेउप्रान्त द्वितीया। नक्षत्र– धनिष्ठा, ९:३८ बजेउप्रान्त शतभिषा। योग– परिघ, १५:५१ बजेउप्रान्त शिव। करण– किंस्तुघ्न, १४:४४ बजेदेखि वव, २७:२५ बजेउप्रान्त वालव। आनन्दादिमा धाता योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी ०० पला। पञ्चक। ग्याल्पो लोसार।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको मन जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लाभदायक यात्राको योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मनमा चञ्चलता बढ्नेछ । प्रेममा मनमुटाव रहला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिक विकास होला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगती हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योगछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बित्तिय संस्था बाट सहयोग पाईनेछ । पारिवारीक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यर्थको यात्रामा जान बाध्य भइएला । नजिक व्यक्तिबाट धोका पाईन सक्छ । पेट सम्बधी समस्या आउला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ । उपहार पाइने सम्भावनाछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्य सम्पादनमा समस्या आउला । मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । - ज्यो.प. नारायणप्रसाद दुलाल