विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको टिम छुट्टछुट्टै टिम बनाएर मैदानमा उत्रनुभएको छ । 

एमालेको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना चुनावी मैदानमा आउनु भएको हो । आज अवेरसम्म सर्वसहमतिको प्रयास भए पनि सफल हुन सकेन । 

ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भइसक्नु भएका नेता हुनुहुन्छ । विराटनगर निवासी ढकाल पूर्वमा एमालेका प्रभावशाली नेता मानिदै आउनु भएको छ । उहाँ हाल एमालेका केन्द्रीय सदस्यसमेत रहनु भएको छ । 

यता खतिवडा भूमिगत कालदेखि नेकपा एमालेका समर्पित नेता मानिनुहुन्छ । सादगी, इमान्दार नेताको छवि बनाउनु भएका खतिवडा पूर्व संघीय सांसद हुनुहुन्छ । मोरङको लेटाङ निवासी खतिवडा पाका र पुराना नेताका रुपमा परिचित हुनुहुन्छ । ०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं। १ बाट निर्वाचित हुनु भएको थियो । उहाँले कोशी प्रदेशको प्रचार विभाग प्रमुखको भूमीका निर्वाह गरिसक्नु भएको छ । 

पार्टीले घोषितरुपमा प्यानल नबनाउन भने पनि नेताहरूले पहलमा प्यानल बनाएर प्रचार सुरु गरेका छन् । उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उहाँ अहिलेका पनि उपाध्यक्ष हुनुहुन्छ ।  उहाँलाई दुवै समूहले आफ्नो प्यानलमा राखेका छन् ।

ढकाल प्यानलबाट सचिवमा उदयपुरका शैलेस लामा हुनुहुन्छ ।  खतिवडा प्यानलबाट सचिवमा पाँचथरका राजकुमार भण्डारी रहनुभएको छ । 

दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरि प्रचार सुरु गर्नु भएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ्य प्रतिष्पर्धा भनेपनी केही नेताले अवाञ्छित गतिविधि गरेको प्रतिनिधीहरुले बताएका छन् । गुटगत लभिङ सूरु भएको एक नेताले बताउनु भयो ।