विराटनगर । नेकपा एमाले काेशी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म मोरङका दुई जनाले अध्यक्षमा उम्मेदवारी दिनु भएकाे हाे ।अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेकाे  निर्वाचन समितिले जनाएकाे छ । ढकालका प्रस्तापक समर्थक मुकेश बुढाथाेकी र महेश भट्टराई रहनु भएकाे छ । यता खतिवडाकाे प्रस्तावक र समर्थकमा  रामप्रसाद दङ्गाल र छत्रपति प्याकुरेल रहनु भएकाे छ ।