विराटनगर / नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा उम्मेदवारहरुले मनोनयन दर्ता  सुरु भएकाे छ ।

उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची रहेकाे निर्वाचन समितिले जनाएकाे छ  ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने बताईएकाे छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गर्नु भएकाे थियाे । उहाँले सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिनु भएकाे थियाे । उहाँकाे इच्छा काेशी प्रचार विभाग प्रमुख घनश्याम खतिवडालाई नेतृत्वमा ल्याउने  थियाे । तर काेशी प्रदेशका उहाँ नजिकका नेता मानिनु भएका विनाेद ढकालले अध्यक्षका लागि दावी गरेपछि सर्वसम्मत हुन सकेकाे छैन् । अझै सर्वसम्मतका लागि छलफल भईरहेकाे एक केन्द्रीय नेताले बताउनु भयाे ।

यो अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ । प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार मानिएका छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएकाे छ ।