विराटनगर / नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु विराटनगरमा भएको छ। शुक्रबार १ बजेदेखि सुरु भएको अधिवबेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको छ । 

गठबन्धन सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले यो सरकारले नेपाली जनता र राष्ट्रलाई केही दिन  नसकेको बताउनु भएको छ । 

अध्यक्ष ओलीले कोशी प्रदेश सरकार गठनका विषयमा मुलुकमा राजनीतिक स्थायित्वका लागि मध्यावधिमा  जानु उपयुक्त नहुने समेत बताउनुभयो ।

विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन् । अध्यक्ष शर्माले आफुले कसैलाई पनि अध्यक्षका लागि नभनेको बताउदैं सहमति नभए निर्वाचन हुने बताउनु भएको छ । अध्यक्षमा  केन्द्रीय सदस्य विनोद ढकाल र पूवृ संसद घनश्याम खतिवडाको नाम चर्चामा छ ।