विराटनगर  / नेकपा एमाले कोशी प्रदेश कमिटीको सदस्यहरुमा इलाम जिल्लाबाट सर्वसम्बत भएको छ । इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

खुल्लातर्फ जयप्रकाश राई, ध्रुव श्रेष्ठ, गणेशप्रसाद बराल, ओमनारायण रणपाल, काजीमान कागते, याम अधिकारी, केशवकुमार धौराली, कृष्ण शाह, देवेन्द्र विश्वकर्मा र युवातर्फ राजकुमार थापा निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । 

यस्तै महिलातर्फ टीका घिमिरे, विन्दु विश्वकर्मा, रिम्पल राई, शकुन्तला लेप्चा र शावित्रा सिवा निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा टिकाराज चेम्जोङ सर्वसम्बत हुनु भएको छ । उपाध्यक्षमा अन्य कसैको उम्मेदवारी परेन । अन्य जिल्लामा आज विहान ७ बजेदेखि नै सर्वसम्बतका लागि छलफल भइरहेको छ । अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी गरेको छ ।