वि.सं. २०७४ साल माघ २८ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– एकादशी, १८:३३ बजेउप्रान्त द्वादशी। नक्षत्र– मूल, २४:१३ बजेउप्रान्त पूर्वाषाढा। योग– हर्षण, १४:१८ बजेउप्रान्त वज्र। करण– वालव, १८:३३ बजेदेखि कौलव, ३१:३८ बजेउप्रान्त कौलव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २७ घडी ४१ पला। विजया एकादशी व्रत।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बित्तिय संस्था बाट सहयोग पाईनेछ । स्वादिष्ट भोजन मिल्नेछ । प्रेममा सफलता पाईनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शिक्षामा सफलता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योग छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी होला । अतिथीको आगमन हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राज्य बाट मान सम्मान पाइनेछ । समाजिक कार्यमा मन जाला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विशिष्ट व्यक्तिको सहयोग पाईनछ । रमणीय र सुखद यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अविश्वाश उत्पन्न हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध कसिलो हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अतिथीको आगमन हुनेछ । पार्टनरमा सफलता मिल्नेछ l
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काम वा रोजगार पाईनेछ । कार्यमा सफलता पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । नजिकका व्यक्तिबाट धोका पाईएला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । - ज्यो.प. नारायणप्रसाद दुलाल