वि.सं. २०७४ साल माघ २६ गते। शुक्रबार। इश्वी सन् २०१८ फेब्रुवरी ९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– नवमी, १४:४८ बजेउप्रान्त दशमी। नक्षत्र– अनुराधा, १९:२५ बजेउप्रान्त ज्येष्ठा। योग– ध्रुव, १३:४२ बजेउप्रान्त व्याघात। करण– गर, १४:४८ बजेदेखि वणिज, २७:३७ बजेउप्रान्त भद्रा। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी ३४ पला।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य सम्पादनमा समस्या आउला । सामान हराउने वा चोरी हुने भयछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । श्रममूलक काममा मन जानेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आँटेकोे र ताकेको कार्य पुरा होला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राज्य बाट मान सम्मान पाइनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यवसायमा लाभ होला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन विचलित रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा सहजता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । शुभ समाचार सुन्न पाइएला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बैदेशिक कार्य अघि बढ्नेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शत्रु पराजित हुनेछन् ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश जाँगर र हिम्मत बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिहिनेत गरेमा कार्य्सिद्धि हुनसक्छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा फाईदा होला । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आत्मविश्वास जाग्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्यमा सफलता पाइएला । आत्मिक सन्तुस्टि मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईसंग समय बित्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल