वि.सं. २०७४ साल माघ २४ गते। बुधबार। इश्वी सन् २०१८ फेब्रुवरी ७ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– सप्तमी, १२:३६ बजेउप्रान्त अष्टमी। नक्षत्र– स्वाती, १६:०२ बजेउप्रान्त विशाखा। योग– गण्ड, १४:१८ बजेउप्रान्त वृद्धि। करण– वव, १२:३६ बजेदेखि वालव, २४:५८ बजेउप्रान्त कौलव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:४८ बजे र दिनमान २७ घडी २६ पला। अष्टमी व्रत।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मिक सन्तुस्टि मिल्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएको धन हाता पर्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाहन लाभको योग छ । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक चिन्ताले सताउनेछ । कार्यहरु अधुरै रहनुका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सरकारी निकाएको भय रहनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । - ज्यो.प.नारायणप्रसाद दुलाल