वि.सं. २०७४ साल माघ २३ गते। मंगलबार। इश्वी सन् २०१८ फेब्रुवरी ६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– षष्ठी, १२:१५ बजेउप्रान्त सप्तमी। नक्षत्र– चित्रा, १५:०३ बजेउप्रान्त स्वाती। योग– शूल, १५:१० बजेउप्रान्त गण्ड। करण– वणिज, १२:१५ बजेदेखि भद्रा, २४:२१ बजेउप्रान्त वव। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २७ घडी २३ पला। द्विपुष्कर योग १२:१५ देखि १५:०३ बजेसम्म।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङन हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा मधुरता छाउनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम पूरा हनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बौद्धिकताको विकास हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा सुधार आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । - ज्यो.प.नारायणप्रसाद दुलाल