इलाम । इलामको रोङ गाउँ पालिका ३ अर्याल चोक अहिले गुन्द्रुक चोकको रूपमा चिनिन थालिएको छ। 

रोङ गाउँ पालिकाले स्थानीय किसानको खेर गएको सागलाई सदुपयोग गर्न यहाँ गुन्द्रुक प्रसोधन केन्द्र सुरु गरेपछि यो चोक गुन्द्रुक चोकको नाममा चिनिन थालिएको हो। 

स्थानीय किसानको साग खेर जान नदिन गुन्द्रुक प्रसोधन केन्द्र खोलिएको रोङ गाउँ पालिकाका उप प्रमुख बिष्णुमाया भुजेलले बताउनु भयाे ।

रोङ गाउँ पालिकामा पहिलो पटक गुन्द्रुक बनाउन परीक्षण गर्दा १३ सय केजि उत्पादन गरिएको छ। गुन्द्रुक परिक्षण सफल भएको प्राबिधिक दीक्षा भट्टराई बताउनु भयाे।

रोङ गाउँ पालिकाको १७ लाख, साना कृषि सहकारीको १५ लाख, स्विस सरकारको ३६ लाख लगानीमा संचालन गरिएको गुन्द्रुक  प्रसोधन केन्द्रमा अहिले दैनिक एक दर्जनले रोजगारी पाएका छन् । 

अहिले स्वदेश तथा बिदेशमा गुन्द्रुकको अत्याधिक माग रहेको छ। गुन्द्रुक प्रसोधनले स्थानीय किसानको आमदानी बढ्नुका साथै स्थानीयमा रोजागारीको सिर्जना भएको छ। 

लाग्छ अहिले गुन्द्रुकमा आत्मनिर्भर बनेको रोङ गाउँ पालिकाले गुन्द्रुकका कारण देशमै आफ्नो छुट्टै पहिचान बनाउदैछ।