धरान / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान नगर समितिको आयोजना तथा खेलकुद विभागको संयोजनमा सम्पन्न पहिलो धरान इन्टर वडा स्तरीय फुट्सल प्रतियोगिताको उपाधि वडा नं। १४ ले हात पारेको छ।
दशै तथा तिहारको अवसरमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नं १६ लाई ६–२ गोल अन्तरले पराजित गर्दै वडा नं १४ विजयी बनेको हो। धरानका कुल ११ वटा वडाका टिमहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा रास्वपाका पार्टी सदस्यहरूले प्रतिस्पर्धा गरेको नगर पार्टीका संस्थापक सभापतिसमेत रहेका राम कार्कीले जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रथम हुन सफल वडा नं १४ ले नगद १५ हजार रुपैयाँसहित रनिङ कप हात पारेको छ। त्यसैगरी दोस्रो स्थान हासिल गरेको वडा नं १६ ले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्न सफल वडा नं १५ ले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। आयोजकका अनुसार यो रनिङ कप प्रतियोगिता भएकाले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइनेछ।
खेलकुद विभागका संयोजक सागर घिमिरेको संयोजनमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा रास्वपा धरानका नगर सभापति सुमन श्रेष्ठ र उपसभापति राम कार्कीलगायतका नेताहरूले विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो।





















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!