• जीवन कार्की
कोरिया / कोरियाले रोजगार अनुमति प्रणालीमा आबद्ध नेपाललगायत १५ देशबाट कोरियन भाषा परीक्षा उत्तिर्ण गरी आवश्यक प्रक्रिया पुरा भएका परीक्षार्थीलाई कोरिया भित्र्याउने छनौट प्रक्रिया  भोली देखि सुरु हुने मानब संशाधन बिकाश शाखा कोरियाले जनाएको छ।
भोलि देखि अर्थात् फेब्रुअरी को ५,६र ७ मा गरी  कृषि तथा पशुपालन क्षेत्र तर्फ २ हजार ६ सय १० तथा उत्पादन क्षेत्र तर्फ फेब्रुअरीकै ८,९,१०,१२र१३ मा ९ हजार ६ सय गरि १२ हजार २ सय १० जना छनौट हुने एच•आर•डी• कोरियाले जनाएको छ ।
पहिलो लटमा नेपाललाई कृषि तथा पशुपालन क्षेत्र तर्फ ६ सय ४१ जना पुरुष र ९२ जना महिला छनौट हुने छन्  । त्यसैगरी उत्पादन क्षेत्र तर्फ २ हजार पाँच सय ६० जना पुरुष र एक सय उन्नानसय जना महिला छनौट हुने कार्यतालिकामा उल्लेख छ।
गत बर्ष नेपालमा लिइएको कोरियन भाषा परीक्षामा मात्रै १२ हजार एक सय आठ जना उत्तिर्ण भएका थिए । कोरियामा ई•पि•एस• मार्फत १६ देश बाट ५० हजार भन्दा माथि बिभिन्न क्षेत्रमा कामदार भित्र्याउने गर्दछ ।