वि.सं. २०७४ साल माघ २० गते। शनिबार। इश्वी सन् २०१८ फेब्रुवरी ३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– तृतीया, १४:१० बजेउप्रान्त चतुर्थी। नक्षत्र– पूर्वफाल्गुनी, १५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– अतिगण्ड, २०:०७ बजेउप्रान्त सुकर्मा। करण– भद्रा, १४:१० बजेदेखि वव, २५:३४ बजेउप्रान्त वालव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– सिंह, २०:५३ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १३ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजननितक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद यात्राको योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । चोटपटक लाग्न सक्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेषसहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ ।