वि.सं. २०७५ साल कात्तिक ३० गते। शुक्रबार। इश्वी सन् २०१८ नोभेम्बर १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– अष्टमी, ७:१४ बजेउप्रान्त नवमी। नक्षत्र– धनिष्ठा, १०:३० बजेउप्रान्त शतभिषा। योग– ध्रुव, १८:०८ बजेउप्रान्त व्याघात। करण– वव, ७:१४ बजेदेखि वालव, २०:१५ बजेउप्रान्त कौलव। आनन्दादिमा धाता योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ४८ पला। पञ्चक। कार्तिक मसान्त।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कमको थालनी हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहकर्मीबाट विरोध आउनेछ । सामान हराउने वा चोरी हुने भयछ । स्वास्थ्यमा खरावी आउला । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । कार्य अधुरै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साना–तिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । बौद्धिकताको विकास हुनेछ । व्यापार ब्यबसायबाट आम्दानी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिके विकास हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । - ज्यो.प. नारायणप्रसाद दुलाल