महोत्तरी / महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ ।
औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी आइतबार घरबाटै चोरिएकी हुन् ।
आइतबार साँझ ६ बजेतिर एक अपरिचित व्यक्तिले बालिकाको बावुलाई चिन्छु भन्दै केहीबेर खेलाएजस्तो गरेर वच्चा लिई फरार भएको परिवारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको जानकारी दिएकाछन् ।
केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको भगतले वताए ।
बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।
यसअघि गत माघमा वीरगन्ज उपमहानगरपालिका(१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।
०७० माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।
त्यस क्षेत्रमा यस अघि पनि बच्चा चोरी हुने गरेको थियो ।