वि.सं. २०७५ साल साउन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– षष्ठी, ७:४१ बजेउप्रान्त सप्तमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामहरू अधुरै रहलान् । आफ्नो विचार विपरित निर्णय हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । शिक्षामा सफलता मिल्ला । शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । लगानीको वातावरण बन्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक कार्य अघी बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ कामको थालनी हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल