वि.सं. २०७५ साल साउन १६ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट १ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्थी, ७:०२ बजेउप्रान्त पञ्चमी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । चोटपटक लाग्न सक्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विचार गरेर निर्णय लिनु उचित होला । प्रेममा मनमुटाव रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला र गलाको प्रभाव बढ्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिनको उत्तरार्ध सुखद रहनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । भाग्योदय हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । स्वास्थ्यमा सुधार होला । - ज्यो.प. नारायणप्रसाद दुलाल