वि.सं. २०७५ साल साउन १५ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई ३१ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– तृतीया, ५:५८ बजेउप्रान्त चतुर्थी।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमि बाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहकर्मी बाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल