वि.सं. २०७५ साल साउन १३ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । गलत निर्णय लिनपुगिएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सरकारी निकाएको भय रहला । परिवारको समस्याले सताउनेछ । सामान हराउन सक्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ व्यक्तिसंग भेट होला । कुटुम्बको सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ वस्त्र तथा अलंकारको प्राप्ति हुनेछ । स्वादिष्ट भोजन पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । पढाइमा प्रगति हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा हात हाल्ने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । आत्मबल बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य क्षेत्रमा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्य बाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल