हङकङ / प्रथम तथा दोश्रो बिश्वयुद्धमा मृत्युवरण गरेका वीर गोर्खा सैनिकहरुको सम्मानमा हङकङमा आयोजना भएको क्यूनेट गोर्खा ट्रेलब्लेजर अल्ट्रा ट्रेलरेसलाई हङकङ ट्रेल रनिङ अवार्डमा बेष्ट न्यू रेस अवार्ड प्राप्त भएको छ ।

२७ जुलाई साँझ वानचाई हङकङम ाप्रदान गरिएको अवार्डका लागि अनलाईन भोटिङसमेत भएको थियो । बिश्वमा ट्रेल रनिङ खेलका लागि हङकङ अति चर्चित स्थान मानिन्छ ।
अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिदैं गोर्खा सेमेइट्रीज ट्रष्टका अध्यक्ष भूपू गोर्खा सैनिक रत्नखिम्दिङ भने –“नेपालीहरु अल्ट्रा टे«ल रेसमा दौडन मात्र होइन, विश्व स्तरका ट्रेलरेस पनि आयोजना गर्न सक्छन् भन्ने प्रमाणित भएको छ । यस अवार्डले गोर्खाहरुले विश्व शान्तिमा दिएको योगदानलाई स्मरण गराइदिएको छ ।“

गन रनिङले ट्रेल रनर्स एशोसिएसनको सहयोगार्थ हङकङ ट्रेल रनिङ अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको छ । सन् २०१७–२०१८ सालको अवधिमा हङकङमा आयोजना भएका एशिया एवं विश्वस्तरका प्रतियोगिताहरुमा सहभागी विश्वका स्काई रनरहरु र ट्रेल रेसका आयोजकहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । तस्विर:केरुङ भाञ्जा