वि.सं. २०७५ साल असार २९ गते। शुक्रबार। इश्वी सन् २०१८ जुलाई १३ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– औंसी, ८:५६ बजेउप्रान्त प्रतिपदा।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शिक्षामा सफलता पाईनेछ । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । पार्टनसीपमा सफलता मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । सन्तान सुख मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेकोे र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाइ लेखाइमा प्रगति हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आर्थिक सङ्कटमा परिएला । शिक्षामा अवरोध आउनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम सम्बन्धमा फाटो आउन सक्छ । लाभदायक यात्रा नहोला । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ । - ज्यो.प. नारायणप्रसाद दुलाल