वि.सं. २०७५ साल असार २५ गते। सोमबार। इश्वी सन् २०१८ जुलाई ९ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– एकादशी, १७:२२ बजेउप्रान्त द्वादशी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । व्यापारबाट लाभ पाइने छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । शत्रुहरू किनारा लाग्नेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ । मनोरञ्जनमा खर्च बढ्न सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ। पार्टनरमा सफलता मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । आजको प्रयत्न निष्फल जस्तै होला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको थालनी होला । आम्दानी प्रशस्तै बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल