वि.सं. २०७५ साल असार १४ गते। बिहीबार। इश्वी सन् २०१८ जुन २८ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– पूर्णिमा, ९:३३ बजेउप्रान्त प्रतिपदा।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चिताएको कामले तीव्रता लिनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । श्रमको उचित मुल्याकंन हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मान प्रतिष्ठा पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरु अगाडी बढ्नेछन । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ । शुभ समाचार पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्राको योग रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विश्वास गरेकाले साथ दिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकताबाट धनार्जन होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यात्रामा मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । दिनको उत्तरार्ध सुखद रहनेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । अतिथिको रूपमा सत्कार पाइएला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । घर व्यवहारमा फितलो आउन सक्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरमा अतिथीको आगमन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल