वि.सं. २०७५ साल असार ६ गते। बुधबार। इश्वी सन् २०१८ जुन २० तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– सप्तमी, ९:५४ बजेउप्रान्त अष्टमी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । आत्मबल बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राज्यबाट मान सम्मान पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरीबाट आय हुने प्रवल सम्भावना छ । तिर्थाटनको योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सहयोग प्राप्त हुनेछ । काम गर्ने जोश जाँगर र हिम्मत बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । अनावश्यक यात्रा हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । आत्मघाती काम गर्न पुगिएला । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पढाइमा प्रगति हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल