धरान / धरानमा पछिल्लो होटलहरुमा यौनधन्दा हुने गरेको पाईएको छ । विशेष गरेर बैदेशिक रोजगारमा गएका श्रीमानु श्रीमतिहरुको जोडी होटलहरुमा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको् छ । दुई साताको अवधीमा प्रहरीले धरानको होटलबाट रंगेहात ७ जोडीलाई पक्राउ गरेको छ ।
धरान र धनकुटाको भेडेटार आपसासका केही होटलमा लुकीछिपी यौन व्यवसाय फस्टाउँदै गएको प्रहरीको अनुुसन्धानले देखिए पछि निगरानी बढाइएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले बताए ।
धरानस्थित भेडेटार जाने बाटो रहेको होटल डुकुमा छापा मार्दा रंगेहात दुई जोडी फेला पारेको थियो । होटलमा यसरी बारम्बार जोडी भेटिए पनि प्रहरीले डुकु होटलका सञ्चालकलाई चेतावनी दिएर कागज गराएर छाडिदिएको छ । यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान श्रीमति तथा कलेजमा पढ्ने युवा युवतीहरु समेत संलग्न रहेको पाइएको डिएसपी पौडेलले बताए ।
‘कतिपयले सजिलोका लागि बच्चा साथमा लिएर आउने गरेको समेत पाइयो ।’–पौडेलले भने–‘परिवारसहित आएको जस्तो देखाउन नानी च्यापेर आउने र यौनक्रियाकलाप गर्ने गरेको पनि पाइयो ।’ पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।