धरान / सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्याक्रममै घोषित पूर्व पश्चिम चुरे मार्ग मदन भण्डारी राजमार्गको प्रदेश नं. १ मा २२६ किमी सडक रहेको छ । १४६ किमी सडक भने धरान हेटौडा सडक आयोजना अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको छ । धरानदेखि झापा र इलामको सिमानामा पर्ने पाटापुरसम्मको सडक ८० किमी भने डिपीआरको तयारीमा छ । हेटौडा धरानसम्मको ३११ किमी सडक मध्य १४६ किमी धरानदेखि सिन्दुली जोडिने सडक धमाधम भइरहेको भौतिक योजना मन्त्रालयका इन्जीनियर कविन तण्डुकारले जानकारी दिए ।

धरानदेखि पानवारी, केरावारी, लेटाग, जाँते, चुलाचुली, महमाई,दानावारी, सुखानी शहित पार्क, साँघुटार, बहुजन, बर्ने, बौद्ध चौक, पाटापुरसम्मको १० मात्र ट्याक खोल्न बाँकी रहेको चुरे सरोकार समितिका अध्यक्ष वृहस्पति खतिवडाले जनाकारी दिए ।
सबै सडकलाई एकिकृत गरि डिपिआरको तयारी भईरहेको इन्जीनियर
ताण्डुकारले जानकारी दिए । धरानदेखि हेटौडासम्मको ३११ किमी सडक भने धमाधम बनीरहेको छ । सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा हुँदै रुपालसम्म पुग्नेछ ।
यो राजमार्ग निर्माण भएसँगै पूर्व्श्चिम राजमार्गको विकल्प तयार हुनेछ । पूर्वपश्चिम राजमार्गमा बन्द–हडताल भएको अवस्थामा विकल्पको रुपमा यो राजमार्गलाई प्रयोग गर्न सकिन्छ । चुरे फेदी राजमार्गमा पर्ने विभिन्न खण्डका सडकहरु अहिले समेत निर्माणाधिन अवस्थामा छन् । सुनसरीको चतारामा सप्तकोशी नदीमा पुल समेत निर्माण भइसकेको छ । यो मार्ग निर्माणका लागि झापा, मोरङ र सुनसरीको उत्तरी क्षेत्र तथा उदयपुरबासीले लामो समयदेखि माग गर्दै आएका थिए ।

हेटौडा–धरान सम्मका लागि २०७३ मंसिरमा ठेक्का लागेर काम धमाधम भईरहेको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रलाय अन्तर्गत सडक विभागका इन्जीनियर कविश तण्डुकारका अनुसार २० प्रतिशत काम भईसकेको छ । पूर्वलाई जोड्ने धरान र चतरा विचकोे सेउतीमा पुल निर्माण धमाधम निर्माण भईरहेको सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईले जानकारी दिए । पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पूर्व पश्चिम जोडिने भयो चुरे मार्ग
झापाको शान्तिनगरबाट मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट उदयपुर, सिन्धुली, हेटौंडा हुँदै महाकालीसम्म पुग्ने चुरे फेदी मार्ग निर्माण हुने छ । उक्त मार्गको नाम मदन भण्डारी राजमार्ग राख्ने गरि सरकार बजेट समेत छुट्याएको छ ।
इलामको रोमदेखि धरानसम्म चुरे मागृ जोडन दवाव दिने स्थानीयको पहलमा चुरे सरोकार समिति नै निर्माण गरेर मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाएको थियो । इलामका वृहस्पति खतिवडाको संयोजनमा काठमाण्डौ पुगेर दुई महिना अघि प्रधानमन्त्रि केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ र अर्थ मन्त्रि डा युवराज खतिवडालाई भेटी चुरे मार्ग निर्माणका लागि बजेट विनियोजन गर्न दवाव दिएको सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य जयकुमार राईले जानकारी दिए । उनकै नेतृत्वमा विभिन्न मन्त्रलाय तथा नेताहरुसँग कुरा कुरेर बजेट पार्न दवाव दिइएको थियो ।

चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने उक्त सडक निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले एक साथ अघि प्रस्ताव लगेको थियो । सोही प्रस्ताव अनुरुप मन्त्रिपरिषदेले निर्णय गरेर नीति तथा कार्यक्रममै पारेको छ ।