प्रदेश सभा क्षेत्र नं.- १(क), सुनसरीकाे सम्पन्न मत गणनाकाे नतिजा अनुसार नेकपा एमालेका प्रदिपकुमार भणरीले १९२४३ मत प्राप्त गर्दै विजयी  भएका छन्हु ।  उनका निकटतम प्रतिद्वन्दि नेपाली कांगैसका किशोर राइकाे १३७७० मत रहेकाे छ । उनी ५ हजार भन्दा बढी मतान्तरले विजयी भएका छन् ।

जीत पछी के भने प्रदिप भण्डारीले

हामीले जनतासमक्ष जुन प्रतिवद्धता गरेका छौं । ती प्रतिवद्धताहरुलाई दह्रोसँग कार्यान्वयन गर्ने कुरामा म प्रतिवद्ध रहने छु । आदरणीय मतादाताहरूलाई बामगठबन्धनको तर्फबाट र व्यक्तिगत तर्फबाट आभारसहित धन्यवाद ज्ञापन गर्न चाहान्छु । उहाँहरुको शीर नझुक्ने गरी हामीले गरेका प्रतिवद्धताहरु पूरा गर्ने तर्फ आफ्नो पाइला अघि बढाउने छु । हामीले गरेको प्रतिवद्धताहरु हामी विर्सनौं । मेरो निकटतम प्रतिद्धन्द्धी किशोर राईको मतको कदर गर्दै उहाँहरुको भावनालाई समेत समेटेर अघि बढ्नेछु । अवको कुरा विकास र समृद्धिकै हो । हामी त्यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने छौं । धेरै नियम र कानूनहरु पनि बनाउनु पर्ने छ । समय केही लाग्छ । हाम्रो भनेको विकास र समृद्धि नै पहिलो प्राथमिकता हो । 

म फेरी पनि हामीलाई विश्वास गरेर विजय गराउने मतदाताहरुलाई हार्दिक आधार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । उहाँहरुको मतको सम्मान गर्दै जनताको भावनाको कदर गर्दै धरानको विकास र समृद्धिको निम्ति लाग्नेछु । सिंगो प्रदेशको समृद्धिको निम्ति प्रतिवद्ध भएर अघि बढ्नेछु ।

को हुन प्रदिप भण्डारी
सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मेर सुनसरीलाई कर्मथलो बनाउदै आएका प्रदिप भण्डारी राजनितिक एवं शैक्षिक क्षेत्रको कुनै नौलो नाम होईन । धरानको शिक्षा सदन माविमा झण्डै ३७ बर्ष पढाएका भण्डारी शैक्षिक नीति शिक्षा प्रणाली लगायत विषयमा समेत उतिकै ज्ञाता छन् । उनी सहायक प्राध्यानाध्यापकको रुपमा सेवा गरेर २ बर्ष अघि मात्र अवकास लिएका प्रखर शिक्षा सेवी हुन ।
धरान–१३ का स्थायी वासिन्दा भण्डारीको शिक्षा क्षेत्रमा जति योगदान छ त्यो भन्दा बढि राजनितिक क्षेत्रमा पनि उतिकै ज्ञाता छन् । भुमिगत काल २०२७ सालमा विद्यार्थी युनियनमा रहेर उनले राजनिति शुरु गरेका थिए । शिक्षा सेवासँगै उनी राजनितिमा क्रियाशिल भए । २०२८ सालमा एसएलसी पछि वासु शाक्यसँगै आन्दोलनमा सरिक हुदा उनी गिरफतारमा परेका थिए । ८ दिनसम्म धनकुटा कारागारमा उनलाई राखियो । त्यस पछि धरानमा मजदुरी जीवन व्यतित गर्दै आएका थिए । ६२ बर्षे जीवन कालमा उनले मजदुर, आन्दोलन, शैक्षिक आन्दोलन लगायतका धेरै राजनीतिक आन्दोलनका मोर्चामा सामेल भए । लामो कालखण्ड देखिको सकृयताले उनलाई राजनीतिमा पनि उचाईमा पु¥याएको छ । नेकपा एमाले धरान नगरकमिटिको नेतृत्व गर्दे जिल्ला सचिवालय सदस्यको रुपमा लामो समय पार्टीमा काम गरेका भण्डारी राष्ट्रिय राजनितिमा समेत पहुँच राख्दै आएका छन् । पार्टीमा लामो समय सम्मको योगदानको कदर गर्दे मङ्सिर २१ गतेको आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि पार्टीको सर्वसहमतिमा टिकट दिएको थियो । हाल उनी सुनसरी क्षेत्र नंं १ (क) बाट प्रदेशसभा सदस्यको रुपमा निर्वाचित भएका छन् ।
भण्डारी धरानमा गुरुका रुपमा परिचित छन् । देश विदेशमा उनका शिष्यहरु छन् । ३७ बर्षे शिक्षक जीवनमा उनले अनगिन्ती डाक्टर, प्राध्यापक, वकिल, इन्जिनीयर, शिक्षक उत्पादन गरेका छन् । अवको वाँकी जीवनमा अनगिन्ती राजनीतिक योद्धा उत्पादन गर्ने उनको धोको छ । जनताको प्रतिनिधि भए पछि अभिभावकको सामिप्यतामा उद्योगी व्यापारीको हितमा काम गर्ने, सुकुम्बासी समस्या समाधान गर्न उनको लक्ष्य रहेको छ ।