विराटनगर / अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीका मुख्य व्यक्ति गोरेलाई जहाँ भेट्यो त्यहीँ गोली हानेर हत्या गर्न निर्देशन दिएको टेलिफोन वार्ता सार्वजनिक भएको छ ।
हत्यापछि गोरेको इन्काउन्टरमा मृत्यु भएको भनेर प्रचार गर्ने योजनाअनुसार महाशाखा टोली पूर्व पुगेको बताइएको छ ।

२०७४ फागुन १८ गते राति महाशाखा प्रमुख लोहनीले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सुन तस्करी एवं सनम शाक्य हत्या अनुसन्धानका लागि धरान पठाएका थिए। उनी धरान पुगिसकेपछि राति भएको सम्वादमा एसएसपी लोहनीले दोहोरो भिडन्तको नाउँमा गोरेलाई हत्या गर्न निर्देशन दिएका थिए ।

‘त्यहाँ धरानबाट हाम्रो गाडी मुभ गराउने भनेको त दोहोरो भिडन्त देखाउनलाई हो नि त’, काठमाडौंमा रहेका एसएसपी लोहनीले धरानमा रहेका डिएसपी केसीलाई निर्देशन दिँदै भनेका छन्, ‘दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि। गाडी त्यहाँ राख्यो। खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो। सिद्धियो।’

एसएसपी लोहनीको मुख्य इच्छा गोरेलाई गृहनगर उर्लाबारीमै मार्ने देखिन्छ। मोरङ र उर्लाबारीको प्रहरी आफ्नो विश्वासमा रहेको लोहनीको सम्वादबाट थाहा पाउन सकिन्छ ।

गोरेलाई इन्काउन्टर गर्ने एसएसपी लोहनीको यस्तो थियो निर्देशन -टेलिफाेन वार्ता ।