धरान / धरानमा अवैध सुन सहित प्रहरीले सोमबार राती पक्राउ गरेको छ । धरानमा ७ सय १२ ग्राम सुन सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले धरान १० मुनाल चौकबाट नरेश कुमार विक र सुशान्त विकलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलका अनुसार धरानका एक सुनचाँदी व्यवसायीको लागि भनेर प्रहरीले द्धयलाई पक्राउ गरेको बताए । डिएसपी पौडेलले भने, पक्राउ परेको दुवै जना बाबुछोरा हुन् । प्रहरीलाई उनीहरुले आफुहरु मोरङको पथरी बजारमा सुनचादी व्यवसाय गर्दै आएको बताएका छन् । अढाइ सय ग्राम दरका दुइ ढिक्का र अरु गहनाका रुपमा रहेको अवस्थामा सुन बरामद गरेको प्रहरीको भनाई रहेको छ ग्राहकले धरौटी राखेको गहना निखनेर नलगेपछि म्याद सकिएका सुनका गहनलाई पगालेर ढिक्का बनाएको विकले बताएपनि विल देखाउन नसक्दा उनीहरु पक्राउ परेका हुन् ।