मोरङ / कुनै रोग व्यादीले भन्दा बढि दैनिक सडक दुर्घटनाका कारण मानिसको ज्यान गईरहे पनि सरोकारवालाहरुले चासो नदिएको एक कार्यक्रमका वक्तहरुले बताएका छन् । खरायोको गतिमा सवारी साधानको चाप, कछुवाको गतिमा सडक निर्माण तथा स्तरोन्नती हुने कारण सडक दुर्घटना भयावह बन्दै गएको उनीहरुले बताए ।
पूर्व क्षेत्रिय प्रहरी कार्यलय इटहरीले आईतबार मोरङको विराटचोकमा गरेको एक दिवसीय सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनिकरण सम्मेलनमा सहभागीहरुले दुर्घटना न्यूनिकरणमा राज्यले ध्यान पु¥याउनु पर्ने सुझाएका छन् ।
यातायात व्यवसायी तथा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले सरकार झाडा पखला गाउँमा लाग्दा सबै संयन्त्र परिचाल गरेर नियन्त्रण गर्न लाग्ने तर दुर्घटनामा दैनिक ५÷६ जना व्यक्तिहरुको अकालमा ज्यान जाँदा वेवास्ता गर्ने गरेको बताए ।
कार्यक्रमको उद्घाटन मुख्य मन्त्रि शेरधन राईले गरेका थिए । उनले सडक स्तरोन्नती, ट्राफिक समस्याबारे प्रदेश सरकारले कानुन नै बनाएर सुधार गर्ने बताए । यातायात क्षेत्रलाई कसरी व्यवस्थि तगर्न सकिन्छ भनेर सरोकारवालाहरुसँग परामर्श गरि व्यवस्थित बनाउने बताए ।
कार्यक्रममा क्षेत्रीय ट्राफिक कार्यालयका एसपी राजकुमार रिजालले प्रदेश नं. १ को सवारी दुर्घटनाबो तथ्याङक र दुर्घटना न्यूनिकरणका उपायबारे जानकारी गराएका थिए ।
प्रदेश नं. १ का प्रहरी प्रमुख डिआईजी केदार रिजालले मुख्यमन्त्रि राई, राजनीतिक दलका प्रतिनीधि, स्थानीय तहका प्रमुखलगायत उपस्थित सबैलाई ‘सवारी चलाउदा पूर्ण रुपमा ट्राफिक नियम पालन गरि जिम्मेवार नागरिक बन्छु’ भन्ने सफथ समेत खुवाएका थिए ।
IMG_20180603_085029
तस्विरः देबेन्द्र कार्की