धरान / धरान उपमहानगर वडा नम्बर ६ को वडा समितीको कार्यालयमा सरुवा भएर गएका नयाँ वडा सचिवले कम्युटर चलाउन नजानेपछि वडामा रहेका ९ हजार सेवाग्राही समस्यामा परेका छन् । धरान उपमहानगरले हरेक काम डिजिटल प्रणली मार्फत गर्ने उद्घोष गरे पनि कर्मचारीहरु भ्ने कम्प्युटर चलाउन नजान्ने परे पछि सेवाग्राहीले कम्प्युटर प्रणालीमा सेवा लिन पाएका छैनन् ।
धरान –१३ बाट सरुवा भएर गएका वडा सचिव नारायाण श्रेष्ठ आज धरान ६ पानबारीको वडा समिती कार्यालयमा सरुवा भएर गएको भएपनि श्रेष्ठले कम्प्युटर प्रणालीबाट सेवा दिन नसकेपछि वडा समितीको दैनिक कामकाज हुन नसकेको वडाध्यक्ष भुवनसिंह वस्नेतले जानकारी दिए । वडा समितीमा आजै गएका वडाध्यक्ष वस्नेतले काम गर्ने अधिकार दिए पनि श्रेष्ठले कम्युटर प्रणालीबाट काम गर्न नसकेपछि सेवा अवरुद्ध भएको हो ।
कार्यालयमा दैनिक जसो जन्म दर्ता , मृत्यु दर्ता , जग्गाको नामसारी जस्ता काम लिएर आउने सेवाग्राही वडा समितीको सेवा कम्प्युटर प्रणालीमा संचालन गरिदै आए पनि वडा सचिवले नजाने पछि सेवाग्राही त्यतिकै फर्किएका छन् । एक महिनाको अवधीमा ३ जना वडा सचिव फेरबद हुँदा वडा समितीको कामकाजमा समेत समस्या हुन थालेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले सचिब फेरबदल भएकाले वडा समितीको सेवाग्राहीलाई केही असुविधा भएको र समस्या भएका वडा समितीहरुमा चाडै समस्या हल गरिने बताए । ।साविकको पाँचकन्या हँदा देखि नै सो क्षेत्रका वासिन्दाले कम्युटर प्रणालीबाट सेवा लिएका थिए । विस २०४९ सालदेखि पाँचकन्या गाविस सचिव एकनाथ नेपालले कम्युटर प्रणालीबाट सेवा शुरु गरेका थिए । वडा समिती कार्यालय पानबारीले गाविसहरु मध्ये नेपालमा नै पहिलो पटक कम्प्युटर प्रणालीबाट सेवा शुरु गरेको दाबी गरेको छ । धरान उपमहानगरमा जनप्रतिनिधी आएपछि धरान वडा नम्बर १७ र वडा नम्बर ४ मा कम्युटर प्रणालीबाट सेवा शुरु गरेका छन भने निकट भविष्यमा नै सवै वडामा सो सेवा शुरु गर्ने उपमहानगरको लक्ष्य रहेको छ ।