धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन १ नम्बर प्रदेशको प्रथम अधिवेशनले गौरी लामाको अध्यक्षतामा २७ सदस्यीय कमिटी चयन गरेको छ । अधिवेशनको वन्द सत्रले उपाध्यक्षमा सन्तोष वान्तवा राई ( झापा ) , सचिव लक्ष्मी वाँनिया ( धरान ) , आर्थिक सह सचिब , राजकुमार ढुंगेल( विराटनगर ) , शिक्षा विभाग सह सचिव अनुराग श्रेष्ठ ( उदयपुर ), महिला सह सचिव शकुन्तला तामाङ चयन भएका छन् । त्यसैगरि २७ सदस्यीय कमिटीमा धरानबाट सदस्यहरु तर्फ रविन्द्र अधिकारी , सुरज राई , चिना चौहान छन भने संगठनको १ नम्बर प्रदेशमा धरानबाट सल्लाहकारहरुमा गोविन्द गिरी , प्रेम प्रसाद पोख्रेल र पदम केसी रहेको नव गठित प्रदेश नम्बर १ का सचिव लक्ष्मी वाँनियाले बताए ।मंगबार इटहरीमा मजदुर संगठनको प्रदेश स्तरीय अधिवेशन सम्पन्न भएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्दिय अध्यक्ष भीम राई ज्वालाको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो ।